१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजार राताम्मे, नेप्से ३३ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर दुई हजारभन्दा कम बिन्दुमा झरेको छ। नेप्से ३३.२० अंकले घटेर एक हजार नौ सय ७१.१० बिन्दुमा कायम भएर बजार बन्द भएको छ।

आज ६७ लाख २३ हजार चार सय कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ८३ करोड चार लाख रुपैयाँबराबरको कारोबार भएको छ। दुई सय २० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० वटा कम्पनीको मात्रै मूल्य बढेको छ।

नेप्सेका सबै समूहको सूचक आज राताम्य भएका छन्। सबैभन्दा धेरै हाइड्रोपावर समूह ३.३२ प्रतिशतले घटेको छ। त्यसैगरी, फाइनान्स २.१७ प्रतिशतले घट्दा बाँकी सबै समूहहरू एक प्रतिशतभन्दा धेरैले घटेका छन्।

समग्र बजारमा गिरावट आए पनि आइतबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी, पिपल्स हाइड्रोपावरको ६.०७ र कुमारी धनवृद्धि योजनाको ६.०५ प्रतिशतले बढ्दा १० कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

सनराइज फस्ट म्युचल फन्ड, अप्पर हेवाखोला हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ। मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य नाै प्रतिशतभन्दा धेरैले घटेको छ।