१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सुर्खेत
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
रासस, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो।

यसअघि अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका थिए। कर्णाली प्रदेश सभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डन्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।

प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुंगो लगाउने भएको हो। प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए। तर, नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिए।

मतदान आजै सुरु हुनेछ। एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गर्नेछ।