Skip This
आजदेखि पितृपक्ष सुरु : पशुपतिनाथ मन्दिर परिसरमा श्राद्ध गर्नेको भिड (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Saturday, 27 July, 2024
अमुल थापा काठमाडाैं
२o८o असोज १३ शनिबार o९:o७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आजदेखि पितृपक्ष सुरु : पशुपतिनाथ मन्दिर परिसरमा श्राद्ध गर्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार o९:o७:oo

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृपक्ष सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यी तिथिलाई सोह्रश्राद्ध भनिएको हो। 

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आशा गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)अनुसार आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध परेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गर्दै श्राद्ध गर्नेको भिड लागेको छ। हेर्नुहोस् केही तस्बिर :