१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मोरङमा नबिल बैंकको २६६औँ शाखा उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३८:oo

नबिल बैंक लिमिटेडको २६६औँ शाखा मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयपरिसरमा उद्घाटन गरिएको छ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा अथितिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेल, उद्योग संगठन मोरङका सभापति राकेश सुराना, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो।

बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए।