
नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाअन्तर्गत पार्टी मुख्यालय च्यासलमा मतदान सुरु भएको हो।
चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाको नेतृत्व सर्वसम्मत तथा अन्य केही जिल्लामा आंशिक निर्विरोध भए पनि पदाधिकारीमा सहमति नजुट्दा निर्वाचन प्रक्रियामा गएको हो।
प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल चुनावी मैदानमा छन्।