१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:१२:oo

राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा दुई दिनमा १७ हजारले अवलोकन गरेका छन् । इन्द्रजात्राको अवसरमा भएको बिदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको उल्लेख्य चाप देखिएको हो । 

फर्नेक्स २०२३ को आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव एवं एक्स्पोका प्रवक्ता सञ्जय लामाले बुधबार सात हजार र बिहीबार १० हजारले एक्स्पो अवलोकन गरेको बताए । 

आइतबारसम्ममा ५० हजारभन्दा बढीले अवलोकन गर्ने उनले अपेक्षा व्यक्त गरे । सयभन्दा बढी स्टलहरू रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाबारे जानकारी दिनुका साथै बिक्री–वितरण गर्नेछन् । 

एक्स्पोस्थलमा नै सामान खरिद–बिक्री गर्नका लागि खुला बजारसमेत सञ्चालन गरिएको छ भने अवलोकनकर्तालाई एक्स्पो निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको छ । 

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बिटुबी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । 

फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनमा एक्स्पोले महŒवपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

ad
ad