१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कर्णाली अधिवेशनको बन्दसत्र सुरु

११ सदस्यीय अध्यक्ष मण्डल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र केही प्राविधिक तयारी गर्नुपरेका कारण ढिला भएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।

बन्दसत्र सञ्चालनका लागि अध्यक्ष शाहले एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डलको घोषणा गरे।

अध्यक्षमण्डलको सदस्यमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्युरो सदस्य मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, नीरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही, चन्द्रबहादुर विक र मोहनमाया ढकाल रहेका छन्।

यसैगरी, बन्दसत्रको बहस नोट कमिटीमा कर्णबहादुर शाही, प्रेम बुढा र पूर्ण रोकाया रहेका छन्। यसैगरी माइन्युट कमिटीमा टेकेन्द्र बुढा, धनसिंह र इन्द्र केसी रहेका छन्।

बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीसचिव भट्टले मिसन ८४ अनुसार पार्टीलाई अघि बढाउन सबै नेताहरूबीचको एकतालाई जोड दिएका थिए।