१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o असोज ११ बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबु, आमा र भाइमाथि चिर्पट प्रहार, तीनैजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १४:१४:oo

मकवानपुरको हेटौँडामा चिर्पट प्रहारबाट तीनजना व्यक्ति गम्भीर घाइते भएका छन्। हेटौँडा उपमहानगरपालिका– ३ भुलन टोलका ५० वर्षीय बद्रीनाथ मैनालीले चिर्पट प्रहार गर्दा तीनजना घाइते भएका हुन्।

घाइते हुनेमा ७३ वर्षीय रामजी मैनाली, ६५ वर्षीया माया मैनाली र ४० वर्षीय केदार मैनाली रहेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। घाइतेहरू चिर्पट प्रहार गर्ने बद्री मैनालीका बाबु, आमा र भाइ हुन्।

प्रहरीका अनुसार चिर्पट प्रहारबाट बाबु रामजीको दायाँ हात र कुहिनामा चोट लागेको छ भने आमा मायाको टाउको तथा भाइ केदारको हातमा चोट लागेको छ।

घाइतेमध्ये मायालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ भने रामजी र केदारको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

कुटपिट गर्ने बद्रीनाथलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।