१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
२o८o असोज ११ बिहीबार १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वास बसेकै घरबाट सुन चोरेको आरोपमा रामेछापमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १४:o२:oo

मन्थली नगरपालिका– ८ चिसापानीका श्यामसुन्दर श्रेष्ठको घरभित्र पसी रातको समयमा सुन चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा दार्चुला जिल्ला मारमा गाउँपालिका– ४ तपोवन घर बताउने १९ वर्षीय लोकेन्द्र महरा रहेका प्रहरीले जनाएको छ। महराले विगत केही महिनादेखि रामेछाप आएर जिल्लाका विभिन्न गाउँमा साबुन, मन्जन, स्याम्पुलगायतका सामग्री बिक्री–वितरण गर्दै आएका थिए।

सामान बिक्री गर्ने क्रममा असोज ७ गते रातको समयमा चिसापानी पुगेका महरा श्रेष्ठको घरमा वास मागेर बसेका थिए। राति घरका सबै सुतेपछि महराले श्रेष्ठदम्पतीको कोठाभित्र पसी कोठामा राखेको सुनको तिलहरी चोरेर फरार भएकाे बताइएको छ।

श्रेष्ठ परिवारले बिहान उठेर हेर्दा महरा सुतेको ठाउँमा नदेखेपछि घरको सामान चेकजाँच गरेका थिए। सो क्रममा सुनको तिलहरी नभेटेपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी गरेका थिए। खोजतलास गर्ने क्रममा बिहीबार मन्थली– १ बजारमा रहेको धोबी होटेलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

महराले चोरी गरेको तिलहरी सुन पसलमा लगेर पगालेर टुक्राटुक्रा पारी कागजमा बेरेर राखेको अवस्थामा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।  उनलाई चोरी मुद्दा दर्तामा रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।