१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइकलको ह्यान्डिलभित्र लुकाएर लागुऔषध तस्करी, एकजना पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

प्रहरीले लागुऔषध प्रयोगकर्ता तथा कारोबारीविरुद्ध निर्मम अप्रेसन चलाए पनि तस्करहरूले नयाँ–नयाँ जुक्ति निकालेर भित्र्याइरहेका छन्।

भारतबाट साइकलको ह्यान्डिलभित्र लुकाएर ब्राउनसुगर नेपाल भित्र्याउने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। मंगलबार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरको टोलीले साइकलको ह्यान्डिलभित्र लुकाएर ब्राउनसुगर ल्याउने भीमदत्त नगरपालिका– १९ बागफाँटाका ३२ वर्षीय रामकिसन रानालाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका इन्चार्ज प्रहरी नायब निरीक्षक पदम थापा नेतृत्वको टोलीले गड्डाचौकी क्षेत्रबाट रानालाई पक्राउ गरेको हो। उनको साथबाट २.५५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ।

पक्राउ परेका रानालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ।