मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज १० बुधबार १२:१२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोशीमा डेंगुबाट १७ जनाको मृत्यु, तीस हजारभन्दा बढी संक्रमित  

Read Time : > 1 मिनेट
२०८० असोज १० बुधबार १२:१२:००

डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना संक्रमित भएका छन् ।     
     
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईंले जानकारी दिइन् ।     
     
कोशी प्रदेशका १४ जिल्लामै डेंगु फैलिएको छ । उहाँका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना संक्रमित भएका छन् भने दुईजनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एकजनाको मृत्यु भएको छ ।     
     
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।     
     
साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, सङ्खुवासभा आठ सय ६७, ओखलढुंगामा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगुका बिरामी फेला परेका छन् ।     
     
डेंगु संक्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि, डेंगु संक्रमितको संख्या झन् बढ्दो रहेको छ ।     
     
स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगुका बिरामीमा देखिन्छन् ।