१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार ११:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कैलाश हेलिकोप्टर बन्यो पब्लिक कम्पनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार ११:५८:oo

कैलाश हेलिकोप्टर प्रालि पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनी ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको एओसी संसाधनपछि कम्पनी पब्लिक भएको हो । 

०७३ सालमा तीनवटा एयरबस हेलिकोप्टरबाट सेवा सुरु गरेको कम्पनीले पब्लिक कम्पनीमा परिणत भएपछि हेलिकोप्टर थप गर्ने जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालित हेलिकोप्टर सेवाप्रदायकले पाँच वर्षमा पाँच थान पुर्‍याउनुपर्ने नीतिलाई अनुसरण गर्दै सन् २०२४ र २०२६ मा एक–एक थान हेलिकोप्टर थप गरी पाँचवटा पुर्‍याउने लक्ष्य लिएको कम्पनीको भनाइ छ । 

पब्लिक कम्पनीमा परिवर्तन भएपछि कम्पनीले अझ उत्कृष्ट तथा परिष्कृत सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।