१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसरी पुग्ने से–फोक्सुन्डो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o७:oo

कान्जिरोवा हिमालको काखैमा रहेको डोल्पाका लागि प्रकृतिको अलौकिक उपहार हो से–फोक्सुन्डो ताल । यस ताललाई देशको सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पनि लिइन्छ । नेपालगन्जको उडानसँगै फोक्सुन्डो तालको यात्रा सुरु हुन्छ । ट्रेकिङ गर्दा ट्रेलमा झरना, मनमोहक दृश्य, कटुस, सल्ला, गोब्रे सल्ला र देवदारको रूखहरूले भरिएको घना जंगलमा वन्यजन्तु कस्तुरी, मृग, हिउँ चितुवा, नाउर, चौँरी, हिमालयन थारजस्ता लोपोन्मुख जीवजन्तु हेर्न पाइन्छ । से–फोक्सुन्डो तालसम्मको यात्रा विभिन्न जैविक विविधताका साथै र फोक्सुन्डो खोलाको मनमोहक विशाल झरनाको अवलोकन गर्दै गर्न सकिन्छ । 

कसरी पुग्ने ? 

पहिलो दिन : काठमाडौंबाट नेपालगन्जसम्म (मोटरमार्ग वा हवाईमार्ग)  

दोस्रो दिन : (नेपालगन्जबाट कागनीसम्म) नेपालगन्जबाट लगभग ४० मिनेटको उडानपछि जुफाल पुगिन्छ र जुफालबाट ५–६ घन्टा पैदल यात्रा गरी सुलिगाड से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको चेकपोस्ट हुँदै कागनी गाउँ पुग्न सकिन्छ ।

तेस्रो दिन : कागनीबाट झरनासम्म (६–७ घन्टा पैदल यात्रा) विभिन्न ठूला–ठूला रूखले भरिएको घना जंगलको बाटो र खोलाको तीरैतीर बिस्तारै उकालो लाग्दै सांगता, छेप्का, रेंची तापरिचा स्कुल हुँदै झरना पुग्न सकिन्छ ।

चौथो दिन : झरनादेखि से–फोक्सुन्डो ताल (रिङमो गाउँ तीन–चार घन्टा पैदल यात्रा) झरनाबाट से–फोक्सुन्डो तालसम्मको यात्रा विभिन्न जैविक विविधताका साथ र से–फोक्सुन्डो खोलासँगै र मनमोहक विशाल झरनाको अवलोकन गर्दै ठाडो उकालो लाग्दै रिङमो गाउँ (से–फोक्सुन्डो ताल) पुगिन्छ । दिउँसोको खानापछि तालको कर्नरमा रहेको बोन्पो गुम्बा अवलोकनका साथ से–फोक्सुन्डो ताल अवलोकन गर्न सकिन्छ ।

पाँचौँ र छैटौँ दिन : फोक्सुन्डो भ्यु पोइन्ट पुगेर रेची फर्कने । बिहानै भ्यु पोइन्ट गई सुन्दर से–फोक्सुन्डो ताल अवलोकन गरिन्छ । भ्यु पोइन्ट अवलोकनपछि रेची फर्केर बस्न सकिन्छ ।

सातौँ दिन : रेचीदेखि जुफालसम्म (६–७ घन्टा पैदल यात्रा) भेरी नदीको किनार चट्टानी उकालो–ओरालो बाटो हिँड्दै, सुन्दर परिदृश्यको अवलोकन गर्दै, सांग्ता, कागनी र सुलीगाडको सोही बाटो हुँदै जुफाल पुग्न सकिन्छ ।

आठौँ दिन : जुफालबाट नेपालगन्ज हुँदै काठमाडौंसम्म । बिहानै जुफालबाट ४० मिनेटको उडानपछि नेपालगन्ज र दिउँसो एक घन्टाको उडानपछि काठमाडौं फर्किन सकिन्छ । 

ad
ad