मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज १० बुधबार ०९:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कुशलको दुर्लभ विश्वकीर्तिमानी शतक

Read Time : < 1 मिनेट
२०८० असोज १० बुधबार ०९:०१:००

३४ बलमा १०० रनकाे दुर्लभ विश्वकीर्तिमान

नेपालका बायाँहाते युवा ब्याट्सम्यान कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विश्वकीर्तिमान बनाएका छन् । मल्ल अन्तर्राष्ट्रिय टी–२० फर्म्याटमा कम बलमा शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । उनले यो उपलब्धि चीनको हाङझाउमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध बनाएका हुन् । 

मंगोलियाले नेपाललाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । पहिलो ब्याटिङ अवसर पाएको नेपालका मल्लले ३४ बलमा सय रनकाे दुर्लभ विश्वकीर्तिमान बनाए । यसअघि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड भिलर र चेक रिपब्लिकनका सुदेश विक्रम सेखरले समान ३५ बलमा शतक बनाएका थिए। 

टी–२० फर्म्याटमा वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा कम बलमा शतक रहेको छ । उनले सन् २०१३ मा इन्डियन प्रिमियर लिगमा बेंग्लोरबाट प्रतिनिधित्व गर्दै पूणेविरुद्ध ३० बलमा शतक बनाएका थिए ।