१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार o७:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीले  जागरण यात्रा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o७:३६:oo

एकीकृत समाजवादीले मुलुकका रूपान्तरणकारी एजेन्डा र मुद्दाहरू राष्ट्रलाई सुनाउन समाजवादी जागरण यात्रा गर्ने भएको छ । १४ असोजमा काँकडभिट्टाबाट सुरु हुने अभियान २९ असोजमा सुर्खेतमा समापन हुने महासचिव घनश्याम भुसालले जानकारी दिए । 

अभियान आयोजनाका लागि अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य र जिल्लाका पदाधिकारी रहेको दुई हजार एक सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ । यात्राको क्रममा १४ असोजमा काँकडभिट्टा, १५ असोजमा इटहरी, १६ असोजमा राजविराज, १७ असोजमा जनकपुर, १८ असोजमा रौतहटको चन्द्रनिगाहपुर, १९ असोजमा वीरगन्ज र २० असोजमा चितवनमा जागरण सभा हुनेछ ।

यस्तै, २१ असोजमा सुनवल, २२ असोजमा बुटवल, २३ असोजमा नेपालगन्ज, २४ असोजमा घोराही, २५ असोजमा गुलरिया, २६ असोजमा टीकापुर, २७ असोजमा धनगढी, २८ असोजमा महेन्द्रनगर र २९ असोजमा सुर्खेतमा जागरणसभा हुने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।