१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काभ्रेका वडा कार्यालयहरूमा कम्प्युटर प्राविधिक अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

काभ्रे जिल्लाका १३ स्थानीय तहका वडा कार्यालयहरूमा कम्प्युटर प्राविधिक अभाव भएको छ। रोशी गाउँपालिकाको आयोजनामा भएको आर्थिक वर्ष ०७९/८० को प्रगति समीक्षा कार्यक्रममा वडा कार्यालयहरूले प्राविधिकको माग गरेका हुन्।

रोशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायणबहादुर सिवाकोटीले वडा कार्यालयको कार्यसम्पादन चुस्त दुरुस्त राख्नको लागि कम्प्युटर प्राविधिक आवश्यक रहेको बताए। आधुनिक जमानामा हिजोकोभन्दा कार्यशैली फरक भएकाले प्राविधिक भएमा अनलाइनबाटै सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ।

वडा नं. १२ की सचिव मीराकुमारी मोक्तानले पनि वडा कार्यालयमा कम्प्युटर अपरेटर भएमा काम गर्न सहज हुने बताइन्। कार्यालयमा प्रविधि भए पनि प्राविधिक नभएको उनको भनाइ थियो। कार्यक्रममा वडा नं. १ देखि १२ सम्मकै वडाहरूले कार्यालयमा कम्प्युटर प्राविधिक आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व सही तरिकाले सही समयमा पूरा गर्न सके समृद्धि आउने उल्लेख गरे। जनप्रतिनिधि र कर्मचारी एक-आपसमा मिलेर कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड थियो। 

गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले गाउँपालिकाको विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताए। जनप्रतिनिधि र कर्मचारी दुवैले गुनासोरहित काम गर्नुपर्ने उनको भनाइ छ। समृद्ध रोशी निर्माणको लागि आयोजनाहरूको अनुगमन कडाइका साथ गर्ने वाइबाले प्रतिबद्धता जनाए।

नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालीन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए। यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० दखि १५ अंक वृद्धि हुने उनको भनाइ छ।

आर्थिक वर्ष ०७९/८० मा रोशी गाउँपालिका/ वडा कार्यालयमार्फत सम्बन्धित क्रियाकलापहरूको वार्षिक प्रगति समीक्षा ०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।