१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्तीले बगाउँदा हेटौँडाका १० वर्षीय बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

हेटौँडा उपमहानगरपालिका– १ स्थित तरकारी मन्डीनजिकबाट राप्तीखोलाले बगाउँदा एकजना बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मंगलबार दिउँसो करिब १ बजेको समयमा नुहाउने क्रममा राप्तीखोलाले बगाउँदा हेटौँडा– ४ भैरवरोडका १० वर्षीय बालक संसाद अन्सारीको मृत्यु भएको हो।

मृतक बालकका बुबा फिरज अन्सारीसहित परिवार नै खोलामा नुहाउन पुगेका वेला बालकलाई खोलाले बगाएको थियो।

नुहाउने क्रममा बालकलाई खोलाले बगाएर झन्डै पाँच सय मिटर तल राप्ती पुलनजिक पुर्‍याएको थियो। बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषित गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।