१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईःको मागप्रति संवेदनशील छु, समन्वय गर्छु : उपप्रमुख डंगोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभा गृहअघि उभिएका ईःलाई भेट्न पुगेकी छिन्।

राष्ट्रिय सभागृहको गेटमै भेट्न पुगेकी उपप्रमुख डंगोलले करिब २० मिनेटजति ईःसँग कुराकानी गरिन्। उनले भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मानवीय संवेदनाका हिसाबले पनि भेट्नुपर्छ भनेर भेट गरेर मागबारे जानकारी लिएको बताइन्।

‘ईःलगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ डंगोलले भनिन्, ‘मैले उहाँहरूसँग आज भेट गरेँ। मैले उहाँहरूलाई भेट्नुको उद्देश्यचाहिँ मानवीय हिसाबले जे भइरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो।’

उपमेयर डंगोलले जनताका कुरा तर्कसंगत छन् वा छैनन् भन्ने फरक विषय भए पनि कुरा सुन्नुपर्ने धारणा राखिन्। ‘म काठमाडौंं महानगरपालिकाको उपप्रमुखको हैसियतले भन्नुपर्दा उपप्रमुखको कार्यकारी भूमिका छैन। त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन।  मैले गर्न सक्ने भनेको समन्वय हाे,’ उनले भनिन् ।

काठमाडौं महानगरपालिकाभित्र व्यवस्थापन गर्नुपर्ने धेरै कुराहरू भएको भन्दै डंगोलले त्यो नयाँ नेतृत्वका लागि चुनौतीसँगै अवसर पनि भएको उल्लेख गरिन्।