१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘लाइसेन्स भाडामा लगाउँदा फर्मासिस्टहरू बदनाम’

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:१४:oo

अदक्ष व्यक्तिहरूलाई लाइसेन्स भाडामा लगाएर व्यवसाय गर्न दिँदा दक्ष फर्मासिस्टहरू बदनाम भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एन्ड एप्लाइड हेल्थ साइन्स स्कुलअन्तर्गत स्नातक तहमा बी फार्मेसी अध्ययन गरिरहेका विद्यार्थी पठनपाठन गराउने विज्ञ शिक्षकहरूले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधि बेचबिखन गर्दा दक्ष फर्मासिस्टहरू बदनाम भइरहेका गुनासो गरेका हुन्।

उनीहरूले दक्ष फर्मासिस्टहरू गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकाले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुनेमा जोड दिए।  देशमा दक्ष फर्मासिस्टहरूको माग उच्च भएकाले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्ने माग पनि गरे।

फर्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाही विजय रिजालले ज्ञान नभएकाहरूले गर्दा फर्मेसी पेसा बदनाम भइरहेकाले अनुगनमन गरी विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु चिकित्सा नपढेकालाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिनुसरह हुने बताए। उनले पढे–लेखेका दक्ष औषधिविज्ञहरूले पर्दा पछाडिको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए।

रजिस्ट्रार डा. दिलनाथ फुँयालले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैँले औषधि परीक्षण गर्न सक्ने मेगा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए। उनले देशमा दक्ष फर्मासिस्टहरूको अभावलाई ख्याल गरेर मनमोहनले बी फार्मेसीको पठनपाठन सुरु गरेको र चाँडै ब्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरूविना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकाले फार्मेसी पेसाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए। निमित्त परीक्षा नियन्त्रक भीम काफ्लेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै समयमै परीक्षाफल प्रकाशित गर्न आफूहरू निरन्तर लागिपरिरहने बताए।