१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ। 

बन्दसत्र सञ्चालनका लागि सो कमिटीका इन्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रन्ता गुरुङ सदस्य रहेको अध्यक्षमण्डल गठन गरिएको छ।

बन्दसत्रमा कमिटीका अध्यक्ष केशवराज पाण्डेले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन र आगामी कार्ययोजनामाथि छलफल गर्न दिउँसो २ बजेबाट समूहगत छलफल र प्रस्तुति भई आजै साँझबाट निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्षमण्डलका सदस्य तामाङले जानकारी दिए।

सो अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सोमबार भृकुटीमण्डपमा गरेका थिए।