१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउन प्रधानमन्त्री प्रचण्डलाई ओलीको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल खेल्ने माध्यम नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन्।

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सभालाई काठमाडौंस्थित भृकुटीमण्डपमा सम्बोधन गर्दै ओलीले त्यस्तो चेतावनी दिएका हुन्।

‘शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस्, प्रधानमन्त्रीजी। पीडकलाई थप पीडा दिएर शान्ति प्रक्रिया टुंगिदैन, घाउमा मल्हमपट्टी लगाएर, क्षतिपूर्ति दिएर टुंगिने हो। आफ्नालाई काखा, अरूलाई पाखा गरेर चल्दैन,’ ओलीले भने, ‘यो दसैँमा तपाईंका कार्यकर्तालाई मात्र पैसा बाँड्नुहुन्छ कि पीडितहरूले पनि सारी लाउनुपर्छ कि पर्दैन ?’

सरकारमा बसेर संक्रमणकालीन न्याय टुंग्याउन सबै पीडितले समान रूपमा न्याय पाउने गरी कुनै काम नगर्ने, तर अन्तर्राष्ट्रिय मञ्चमा पुगेर सहयोग चाहियो भन्दै उनीहरूलाई गुहार्नुको कुनै अर्थ नभएको ओलीको टिप्पणी थियो।

‘अहिले शान्ति प्रक्रियाको कुरा चलेको छ। अमेरिकाको महासभामा पुगेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया सफल पार्दिनुस् भन्नुभएछ। ठीक छ, तर यहाँ द्वन्द्वबाट पीडित, उहाँबाट पीडितहरूले न्याय पाउनुपर्छ कि पर्दैन? उनीहरू (द्वन्द्वपीडित)लाई सहयोग माग्नुभएको छ कि छैन ? तिनीहरूसँग सहयोग नमाग्ने, अन्तर्राष्ट्रिय समुदायसँग मागेर के हुन्छ ?’ ओलीले भने, ‘आफ्ना कार्यकर्ता जतिलाई पैसा बाँडेर अरूलाई चाहिँ रुवाएर शान्ति प्रक्रिया टुंगिन्छ र ?’

मानवताविरुद्धको जघन्य अपराधमा कारबाहीका लागि प्रधानमन्त्री प्रचण्ड तयार भएको अवस्थामा मात्र शान्ति प्रक्रिया टुंगिने उनको भनाइ थियो।

माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारीलाई दुई-दुईपटक संविधान र कानुनविपरीत सेनालाई दबाब दिएर म्याद थप गराएको भन्दै ओलीले गम्भीर आपत्ति जनाए। सेनाजस्तो उच्च गरिमामय संस्थालाई संविधान र कानुनविपरीत काम गर्न दिनेजस्तो गलत काम गरेको भन्दै ओलीले तत्काल सच्याउन चेतावनीसमेत दिए।

उनले सरकारीनिवास बालुवाटारमा राष्ट्रसेवक सुरक्षाकर्मीलाई ज्वाईंलाई गेटबाट भित्र पस्न नदिएको नाममा दुई तह पद घटुवा गरेर प्रधानमन्त्रीले नेपाल देश, सुरक्षाकर्मी र कर्मचारीलाई निजी बपौती ठानेर व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्तिसमेत जनाए।

ओलीले देश आर्थिक, सांस्कृतिकलगायतका सबै क्षेत्रमा अस्तव्यस्त बन्दै गए पनि बिपीको विचार समाप्त पारेर कांग्रेस प्रचण्डको पछि लुरुलुरु कुद्ने र प्रचण्डपथको जयजयकार गर्ने पार्टीमा रूपान्तरित भइसकेको टिप्पणी पनि गरे।