१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरैवटा राजनीतिक दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन्।

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको जनाउँदै अबका दिनमा पहिलो पार्टी बन्ने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे।

उनले भने, ‘एमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो।’

उनले समाजमा अराजकता रहेको तथा मौलिक संस्कृतिमाथिको विघटनतर्फ उन्मुख भएको टिप्पणी गर्दै समाजको मनोविज्ञानलाई अनुशासित र राष्ट्र निर्माणको संकल्पबाट राष्ट्रिय एकतालाई सबल बनाउनु एमालेको मुख्य चासो भएको स्पष्ट पारे।

एमालेको प्रथम अधिवेशनको ब्यानरअंकित ड्रोन उडाएर पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अधिवेशनको उद्घाट गरेका थिए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र रामबहादुर थापा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहाेरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत नेता सहभागी छन्।