१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२९:oo

माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो। 

दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 

हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलोपटक सहभागी भएको हो।