2023-09-25-04-07-29.jpeg)
माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो।
दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्।
हारसँगै माल्दिभ्स समूह चरणबाटै घर फर्किएको छ। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानले दोस्रो खेलमा माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेलेको थियो। पाकिस्तान यस प्रतियोगितामा पहिलोपटक सहभागी भएको हो।