१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ईःलाई बालेनको प्रश्न– तपाईंहरूको ‘नेता’सँग वार्ता गर्नुपर्ने हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

अभियन्ता ईःबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सातौँ दिनमा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अभियन्ताहरूलाई संवादमा बोलाउँदा अस्वीकार गरेको बताएका छन्।

‘विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो। उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ। यहाँहरूको कुरा र  समस्या सुनौँ भन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नुभएन,’ उनले लेखेका छन्।

लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाटै हुनुपर्ने मेयर बालेनले प्रस्ट पारेका छन्। राजनीतिक स्वार्थ जोडिएकाले अभियन्ताहरूले वार्तामा बस्न अस्वीकार गरेको दाबी गर्दै बालेनले उनीहरूको नेतासँग वार्ता गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।

‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौँ। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेका छौँ। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नुपर्ने ?’ उनले लेखेका छन् ।

गत मंगलबार दिउँसो १ बजेबाट ७७ घन्टे आन्दोलन थालेका ईःले आफ्नो आन्दोलन एक सय ९९ घन्टासम्म लम्ब्याउने घोषणा गरेका छन् । फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने चुनावअघिको वाचा पूरा गर्न उनले दबाब दिइरहेका छन् ।