१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Sunday, 11 May, 2025
रासस ढाका
२o८o असोज ८ सोमबार १२:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा डेंगुका कारण मृत्यु हुनेको संख्या नौ सयभन्दा बढी पुग्यो

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १२:५८:oo

बंगलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार सात सय २५ जनामा डेंगुको संक्रमण देखिएकोमा नाै सयभन्दा बढीको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा तीन सय १६, अगस्टमा तीन सय ४२ र जुलाईमा दुई सय  चार गरी कुल नाै सय नाैजना  डेंगु संक्रमित बिरामीको मृत्यु भएको हो ।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार नाै सय १७, अगस्टमा ७१ हजार नाै सय ७६ र जुलाईमा ४३ हजार आठ सय ५४ जनामा डेगु संक्रमण पुष्टि भएको छ ।

यहाँको स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार आठजनामा डेंगुको संक्रमण देखिएको छ ।

यस वर्ष हालसम्म निको हुनेको संख्य एक लाख ७६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेंगु ज्वरोको मौसम हो ।