१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हाथवे इन्भेस्टमेन्टको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:११:oo

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिस्ट्रार नियुक्तसम्बन्धी सम्झौतामा इन्भेस्टमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप शाह र क्यापिटलका निमित्त प्रमुख कार्यकारी अधिकृत नलिना श्रेष्ठले हस्ताक्षर गरेकी हुन् ।  

०६५ देखि कारोबार सञ्चालन गर्दै आएको कम्पनीको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ रहेको जनाइएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ छुट्याइएको १२ दशमलव ५ प्रतिशतले हुने २९ लाख २५ हजार कित्ता सेयर प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले हालै सार्वजनिक निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । 

कम्पनीले पुँजी बजारका अतिरिक्त जलविद्युत्, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वःपुँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधीकरण गरी देशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

ad
ad