१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ७ आइतबार १८:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १८:१९:oo

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक लाख राशि र सम्मानपत्रसहित सो पुरस्कार राष्ट्रपति पौडेलले त्रिपाठीलाई प्रदान गरेका हुन्।

राष्ट्रकवि घिमिरेको परिवारले स्थापना गरेको अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई वर्षेनी सो पुरस्कार प्रदान गर्नेछ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. त्रिपाठी, पुरस्कार छनोट समितिका सदस्य डा. जयराज आचार्य, राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरे र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पुरस्कार र प्रतिष्ठानका गतिविधिबारे प्रकाश पारेका थिए।

राष्ट्रकवि घिमिरेको १०४ औँ जन्मजयन्तीका अवसरमा सो कार्यक्रम गरिएको हो।