१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी एमालेका २२ संगठनद्वारा मूल्यवृद्धिको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

गुल्मीमा नेकपा एमालेनिकट २२ जनवर्गीय संगठनले मूल्यवृद्धि नियन्त्रणलगायतका १० बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबार जनवर्गीय संगठनका नेताहरूले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि ज्ञापनपत्र पठाएका हुन्।

ज्ञापनपत्रमा नेपालीहरूको राष्ट्रिय चाडपर्वनजिक आइरहेको वेला आर्थिक मन्दीको चपेटामा परेका जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुहरूमा भएको मनपरी मूल्यवृद्धिको विरोध गरिएको छ।

त्यस्तै, सरोकारवालासँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयकका कारण शिक्षकहरू आन्दोलित भएको, जनप्रतिनिधि र जिम्मेवार व्यक्तिहरूबाटै स्वास्थ्यकर्मीहरूमाथि कुटपिट हुँदा गुल्मी अस्पतालसहित देशकै स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएकोजस्ता विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

साथै, बेरोजगारीको समस्या झन् विकराल बन्दै गएकाले राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा सरकार पूर्ण रूपमा असफल भएको संगठनका नेताहरूको आरोप छ। 

सरकारी क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकाले घुसविना कुनै काम नहुने स्थितिले जनतामा चरम आक्रोश पैदा भएको अनेरास्ववियु गुल्मीका अध्यक्ष शोभाखर गिरीले बताए। उद्योगी व्यापारीहरूमा चरम आर्थिक संकट पैदा भई बैंकका ब्याजसमेत चलाउन नसक्ने अवस्थामा ऋणको विलम्ब हर्जना नलगाउने तथा आर्थिक मन्दीको अवधिको ब्याज मिनाह गर्ने व्यवस्था गर्नका लागि जोडदार माग गरिएको गिरीले बताए।

मनपरी मूल्यवृद्धिमा सरकारले रमिता हेरेर बसेकोले तत्काल बजार अनुगमन गर्न आग्रह गर्दै सर्वोच्च अदालतले जघन्य अपराधमा जन्मकैद फैसला गरेका व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा आममाफी दिने सरकारका गलत निर्णयका कारण सरकारप्रति जनताको विश्वास टुट्दै गएको राष्ट्रिय युवासंघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए।

उनले आफूहरूको माग तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनी दिएका छन्।