मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ७ आइतबार १६:०७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, खुम्चियो कारोबार रकम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ७ आइतबार १६:०७:००

सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से  परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९.४२ कले घटेर दुई हजार १०.३५ अंक कायम भएको छ।

आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता सेयर ८१ हजार १० पटक खरिद–बिक्री हुँदा दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय ६ बराबरको कारोबार भएको छ।

लघुवित्त समूहको उपसूचक ०.९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह १.९८ प्रतिशत र व्यापार समूह १.८१ प्रतिशतले गिरावट देखिएको छ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि देखिएको हो।

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रु. १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता सेयर किनबेच भएको छ।