१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ । 

२० वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गरेका ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन गरेका ‘वैराग्य’ले दोस्रो र देव तामाङले निर्देशन गरेका ‘खोक्रो’ तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु. एक लाख, रु. ५० हजार र रु. २५ हजार नगद पुरस्कार प्राप्त गरेका निर्णायकमध्येका एक मनोजबाबु पन्तले जानकारी दिए।

निर्देशक नीरञ्जनराज भेटवाल र छायाकार उज्ज्वल बस्ताकोटीसहितको निर्णायकमण्डलले प्राप्त २५ छोटा चलचित्रमध्ये छानिएका सातमध्ये विषयवस्तुको छनोट, कथा भन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य, भाषाजस्ता पक्षलाई आधार बनाएर विजेता छनोट गरेको पन्तले बताए। 

यस्तै, निराकारभक्त राईले तयार गरेका ‘द पोयट’लाई निर्णायकले विशेष पुरस्कार (स्पेसल मेन्सन अवार्ड) प्रदान गरेका थिए । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि प्रतिस्पर्धा आयोजना गरिएको बताए।