मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असोज ७ आइतबार १३:४६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनआइसी एसिया बैंकको २६औँ वार्षिक साधारणसभा २८ असोजमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असोज ७ आइतबार १३:४६:००

एनआइसी एसिया बैंक लिमिटेडका २६औँ वार्षिक साधारणसभा आगामी २८ असोजमा हुने भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट साधरणसभा सुरु हुने बैंकले जनाएको छ। 

साधारणसभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणहरूउपर छलफल गरी स्वीकृत गर्नेलगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची छ। 

साथै गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रु. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रु. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थसमेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन/थप गर्नेलगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ। 

एनआइसी एसिया बै‌ंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बै‌ंक हो। यस बै‌ंकले मुलुकभर तीन सय ६० शाखा कार्यालय, ६ सय १३ एटिएम, एक सय नाैवटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।