१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाकाबन्दी सुरु भएको दिन सम्झिँदै ओलीले भने– देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि ६ असोज ०७२ बाट भारतले लगाएको ६ महिने नाकाबन्दीको पहिलो दिनको स्मरण गरेका छन्।

नाकाबन्दीको भयावह स्थितिको स्मरण गर्दै ओलीले देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियान छोड्न नहुने बताएका छन्।

ओलीले फेसबुकमा लेखेका छन्, ‘आज असोज ६ गते। आजभन्दा ८ वर्षअघिको आजको दिन सम्झन्छु। जीवनमा कतिपय दिन यस्ता हुन्छन्– तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यासलगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो। इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नुपर्ने पीडा भोग्यौँ। देशभित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौँ,’

अध्यक्ष ओलीले ती दिनलाई कसरी सम्झिनुहुन्छ भन्दै आमनागरिकलाई सामाजिक सञ्जालमा प्रश्नसमेत गरेका छन्।

‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नुहुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ?’ उनले लेखेका छन्।