
नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन्।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द तथा कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशन सिंह सर्वसम्मत चयन भइसकेका छन्। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन्।
सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुँदै छ।