१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

४४औँ सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित भएका छन्। गैरसरकारी संस्था महासंघ सुर्खेतले तीन समाजसेवीलाई सम्मान गरेको हो।

दिवसका अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शीला गुरुङलाई सम्मान गरिएको हो।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले शाही, गिरी र गुरुङलाई सम्मानित गर्दै आफूले गरेको कामको आफैँले मूल्यांकन गर्न नसकिएको बताए। ‘कति काम गरिएको छ भन्नेतिर भन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिएँ भन्ने बुझाइ सबैमा देखियो,’ उनले भने, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हाबी भएको छ। हामी सबै आफैँले राम्रो गरेको भन्ने, तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ।’

मन्त्री जिसीले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने बताए। ‘विकास निर्माणदेखि समाज रूपान्तरण गर्न सबैमा दृढता हुनुपर्छ,’ उनले भने, ‘जसका लागि काम गरिन्छ, उसले सदाका लागि त्यसबाट लाभ लिन सकोस्।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रूपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रशंसा गर्न आवश्यक रहेको बताए। ‘विकास निर्माण मात्रै समाजसेवा नभएको बताउँदै उनले समाजको सकारात्मक रूपान्तरणमा सबैले ध्यान दिनुपर्ने बताए। उनले भने, ‘मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ। अब परोपकारको क्षेत्रमा अघि बढ्न आवश्यक छ।’