Skip This
प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विषयमा सत्तासाझेदार चार दलको ध्यानाकर्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:o८:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विषयमा सत्तासाझेदार चार दलको ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o८:oo

विरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्तागठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन्।

कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोलाई पहिचान पक्षधर युवाले बिहीबार दिक्तेलमा कालो झन्डा देखाउने क्रममा भएको प्रहरी दमनको घटनाप्रति नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।

जिल्लाको समग्र शान्तिसुरक्षाको जिम्मा लिएर खोटाङ आएको दुई दिन नबित्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काको नेतृत्वमा पहिचान पक्षधर युवामाथि गरिएको दमनले जिल्लामा शान्ति सुरक्षा कायम हुने कुरामा थप अविश्वास सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारकै अगाडि भएको प्रहरी दमनमा प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किराँत, किराँत युवा फोर्स खोटाङका संयोजक निर्मल राई, मूल संघर्ष समिति खोटाङका सचिवालय सदस्य सुनिल चाम्लिङलगायतका युवा घाइते भएका छन्। आफूहरुको शान्तिपूर्ण आन्दोलनमा डिएसपी खड्काले नेतृत्व गरेको प्रहरी टोलीले हस्तक्षेप गरेको भन्दै उनीहरुले प्रहरी प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका थिए।

सत्तारुढ चार राजनीतिक दलले जिल्लामा आन्दोलनरत पहिचान पक्षधर युवालाई आगामी दिनमा संयमता अपनाउन पनि आग्रह गरेका छन्। दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको प्रवेशद्धार नजिकै भएको त्यस घटनालाई लिएर संयुक्त सङ्घर्ष समिति खोटाङले शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्रसमेत बुझाएको छ।

शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले सार्वजनिकस्थलमा जबरजस्त बल प्रयोग गरी कुटपिट तथा लछारपछारसमेत गरेकाले घटनामा संलग्न डिएसपी खड्कासहित जवानलाई कानूनी कारबाही गर्न माग गर्दै सिडिओ सुनारलाई ज्ञापनपत्र बुझाइएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ।