१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस हाङझाउ
Invalid date format १२:५४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान

Read Time : > 1 मिनेट
रासस, हाङझाउ
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

चीनका राष्ट्रपति सी जिनपिङले खेलकुदको माध्यमबाट शान्ति, एकता र समावेशिता प्रवर्द्धन गर्न आह्वान गरेका छन्। हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपतिले यस्तो आह्वान गरेका हुन्।

राष्ट्रसित सीले साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एसियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिए।
 
विश्वव्यापी रूपमा मानवजातिले अकल्पनीय चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सीले एसियाली जनताले ती चुनौतीहरूलाई पनि ऐतिहासिक अवसरका रूपमा लिएर एकजुट भई सामना गर्नुपर्ने बताए। उनले साझा विकास, खुलापन र एकताको बाटोमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे। 

‘एसियाली खेलकुदले एकअर्कालाई सांस्कृतिक रूपमा समेत समीप ल्याउँछ र एकअर्कालाई समृद्ध बनाउँछ। एसियाली संस्कृतिबाट एकअर्कालाई सिक्न, बुझ्न र एसियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ,’ खेलकुदको माध्यमबाट समावेशिता प्रवर्द्धन हुने तथा आपसी विश्वास वृद्धि हुने बताउँदै राष्ट्रपति सीले भने।

यही असोज २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बंगलादेश, भुटान, ब्रुनाई, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इन्डोनेसिया, इरान, इराक, जापान, जोर्डन, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यान्मार, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्। 

त्यसैगरी, प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, सिरिया, ताजकिस्तान, थाइल्यान्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन्।

४८ देश भएको एसिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको छ। धेरै अरब मुलुक उक्त प्रतियोगितामा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ। 

एसियाड पनि भनिने यो खेलकुद प्रतियोगिताको आयोजना चीनले तेस्रोपटक गरेको हो। सन् १९९० मा बेइजिङ र सन् २०१० ग्वाङझाउमा एसियाड भएको थियो। कोभिड महामारीका कारण निर्धारित मितिमा हुन नसकेको यो प्रतियोगिताको औपचारिक संस्करण एसियाड २०२२ हो।