१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा सडकमा भेटिएको सालकको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

धादिङको नीलकण्ठ नगरपालिका– ४ खानीगाउँको सडकछेउमा फेला परेको सालकको उद्धार गरी वन कार्यालयको जिम्मा लगाइएको छ।

नीलकण्ठ– ३ का राधाकृष्ण भण्डारीले शुक्रबार बिहान पैदल हिँड्ने क्रममा सडकमा सालक भेटेपछि उद्धार गरी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका हुन्। यस वर्ष मात्रै तीनवटा सालकको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले बताए। सालक दुर्लभ वन्यजन्तुअन्तर्गत पर्दछ।

‘शुक्रबार उद्धार गरिएको सालक २६ इन्च लम्बाइ, १६ इन्च मोटाइ र दुई किलो तीन सय ग्राम तौलको रहेको छ,’ मानन्धरले भने। ‘सालक दुर्लभ वन्यजन्तु हो । किसानको त साथी नै हो । सालकले धमिरा खाइदिन्छ । वातावरण सन्तुलनमा पनि सालकको उस्तै भूमिका रहेको हुन्छ।’

उद्धार गरिएको सालकलाई सिद्धलेक गाउँपालिकाको सामुदायिक वनमा छोडिएको छ। आफ्नो गाउँघर वरपर सालक तथा अन्य दुर्लभ जीव जनावर देखे वन कार्यालय वा सम्बन्धित निकायमा जानकारी दिन उनले आग्रह गरेका छन्।