मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ५ शुक्रबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ५ शुक्रबार १५:५७:००

प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी छ। बिहीबार तीन चरणमा भएका वार्ता निष्कर्षहीन भएपछि आज पुनः गृह मन्त्रालयमा वार्ता सुरु भएकाे हाे।

बिहीबारको छलफलमा शिक्षकले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ। शिक्षामन्त्री अशाेककुमार राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए ।