१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकलाई सडकमा उत्रन बाध्य पार्नु गठबन्धन सरकारको असफलता : पूर्वमन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

एमाले जिल्ला कमिटीको बैठकमा पोलिटब्युरो सदस्य पोखरेलले शिक्षकलाई सडकमा उतार्न बाध्य पार्नु गठबन्धन सरकारको असफलता रहेको बताए। मुलुकभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा उत्रिँदा लाखौँ विद्यार्थीको भविष्यमा गम्भीर असर परेको उनको भनाइ छ।

‘माग सम्बोधन नगरी शिक्षक सडकमा उत्रन बाध्य बनाउने सरकारप्रति खेद व्यक्त गर्दछु । यो सरकारको असफलता हो । उनीहरूको जायज माग पूरा गर्न सार्थक वार्ताको माग गर्दछु। म शिक्षकलगायत सबै पेसाकर्मीको जायज माग पूरा गर्न सरकारसँग अपिल गर्दछु। विद्यार्थीको पढाइ र शैक्षिक भविष्यलाई सबैले ख्याल गर्नुपर्छ,’ उनले भने ।

शिक्षकको जिम्मेवारी गुणस्तरीय शिक्षा दिने भएको हुँदा यो जिम्मवारीबाट कोही पन्छिन नहुने उनको भनाइ छ।