१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस किभ
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेन र पोल्यान्डका कृषिमन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

युक्रेन र पोल्यान्डका कृषिमन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषिनीति तथा खाद्यमन्त्री माइकोला सोल्स्की र उनका पोल्यान्डका समकक्षी रोबर्ट टेलसबीच युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो।

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ। पोल्यान्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ। दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ।

अघिल्लो दिन सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले युक्रेन र स्लोभाकियाबीच निर्यात प्रतिबन्ध विस्तार गर्नुको सट्टा युक्रेनको कृषि उत्पादनहरूका लागि इजाजतपत्र प्रणाली स्थापना गर्ने सम्झौतामा पुगेको बताएको थियो। गत साता, पोल्यान्ड, हंगेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए।

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलका अनुसार युक्रेनले युक्रेनका छिमेकी युरोपेली संघका सदस्य राष्ट्रमा बजार विकृति हुन नदिन कृषि उत्पादनका चार समूहको निर्यात नियन्त्रण गर्न युरोपेली आयोगलाई कार्ययोजना बुझाएको छ।