मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्सले बनायो आफ्नै केन्द्रीय कार्यालय भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ५ शुक्रबार ११:३८:००

 रिलायन्स फाइनान्स लिमिटेडले काठमाडौंको कमलादीमा आफ्नै भवनमा केन्द्रीय कार्यालय राखेर सेवा दिन सुरु गरेको छ । फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्लीले उद्घाटन गरेका हुन् ।  उक्त भवनमा केन्द्रीय कार्यालयसहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको संस्थाले जनाएको छ ।

संस्थाले काठमाडौंको न्युरोड र सीतापाइला, ललितपुरको इमाडोल, चितवनको नारायणगढ र टाँडी, पोखराको महेन्द्रपुल, लमजुङको बेँसीसहर, काभ्रेपलाञ्चोकको बनेपा, गोरखाको आरुघाट र गोरखा बजार, रुपन्देहीको भैरहवा, मणिग्राम र बुटवल, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, बाँकेको कोहलपुर, कैलालीको अत्तरिया, झापाको चारआली, दमक, बिर्तामोड र धुलाबारीमा गरी २१ शाखामार्फत सेवा दिँदै आएको जनाएको छ ।