१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल र युएई फरक समूहमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२९:oo

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसियन छनोटमा नेपाल र युएई फरक समूहमा परेका छन् । प्रतियोगिता कीर्तिपुरको टियू मैदानमा १३ देखि २० कात्तिकसम्म हुनेछ । आयोजक नेपालले टियू र मूलपानी मैदानमा खेल खेलाउनेछ ।

नेपाल समूह ‘ए’ र युएई समूह ‘बी’मा रहेको छ । नेपालले आफ्नो समूहमा सिंगापुर, ओमान र मलेसियाको सामना गर्नेछ । युएईले बहराइन, हङकङ र एसिया क्वालिफायर एबाट आउने राष्ट्रविरुद्ध खेल्नेछ । एसिया क्वालिफायर ‘ए’ छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् । यो छनोट खेल २८ सेप्टेम्बरदेखि ५ अक्टोबरसम्म कतारमा हुँदै छ । यस छनोटको विजेताले नेपालमा प्रतिस्पर्धा गर्नेछ । यसैबीच, नेपालले खेल्ने समूह चरणका सबै खेल टियू मैदानमा हुनेछ ।

एसियन छनोटको फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन् । नेपालले पहिलो खेल १३ कात्तिकमा सिंगापुरविरुद्ध खेल्नेछ । १४ कात्तिकमा नेपालले मलेसियासँग सामना गर्नेछ । नेपालको तेस्रो खेल १६ कात्तिकमा ओमानसँग छ । दुई समूहका शीर्ष दुईमा रहने टोलीले १७ कात्तिकमा सेमिफाइनल खेल्नेछन् । फाइनल १९ कात्तिकमा हुनेछ । एसियन छनोटमा आठ टोली छन् । 

ad
ad