१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Monday, 14 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार o७:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनापछि तीन अर्बभन्दा बढीको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o७:२७:oo

करिब तीन महिनापछि बिहीबार तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको छ । यसअघि ८ साउनमा चार अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता कारोबार तीन अर्ब पुग्न सकेको थिएन । 

पछिल्लो केही दिनयता अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्नेलगायतका विषयमा छलफल भएको र गभर्नरले ग्रिन सिग्लन दिएका खबरहरू सार्वजनिक भएपछि नेप्सेमा सकारात्मक माहोल देखिएको हो । १२ करोडको क्यापले सेयर बजारमा समस्या ल्याएको भन्दै लगानीकर्ताले पटक–पटक हटाउन माग राख्दै आएका छन् । नजिकिँदै गरेको चाडपर्वले लगानीकर्ता बिस्तारै खर्चको जोहो गर्न लागेकाले पनि बजार उत्साहित बन्न पुगेको लगानीकर्ताको विश्लेषण छ । 

बिहीबार कारोबारमा आएका १३ वटै समूहका सूचकमा हरियाली छाएको छ । त्यसमध्ये जलविद्युत् र फाइनान्स समूहको सूचक सर्वाधिक बढेको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४ दशमलव ३८ प्रतिशतले बढेको छ । उत्पादनमूलक समूह, लगानीगत समूह, माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढीले बढेको छ ।