मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ४ बिहीबार १५:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा उत्साहजनक वृद्धि, तीन अर्ब २९ करोडकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १५:४१:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। आजको कारोबारमा नेप्से परिसूचक ४४.३४ अंकले बढेर दुई हजार २९.७८ अंकमा कायम भएको छ। 

आज विभिन्न दुई सय ७८ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ। आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ।

आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। 

साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआइबिएल ग्रोड फन्डको सेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै रु. २० करोड १८ लाख ३६ हजार चार सय ८३ बराबरको कारोबार भएको छ। 

कारोबार भएका सेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार दुई सय ३२ कित्ता सेयर किनबेच भएको छ।