१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०८० असोज ४ बिहीबार ११:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संविधान दिवसको अवसरमा हस्तकला मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०८० असोज ४ बिहीबार ११:३९:००

बागमती प्रदेश सरकारले संविधान दिवस ०८० को अवसरमा प्रदेशको राजधानी हेटाैँडामा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ आयोजना गरेको छ । प्रदेशको उद्योग वाणिज्य भूमि प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनामा भएको मेला बिहीबार समापन हुनेछ । हेटौँडा उपमहानगरपालिकाको प्रांगणमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्घाटन गरेको मेलामा विभिन्न स्टलबाट १७ प्रकारका हस्तकलाको प्रदर्शनी भइरहेको छ । 

उद्घाटनपछि प्रदेश प्रमुख शर्माले प्राचीन हस्तकलाको संरक्षण तथा सांस्कृतिक कलाको प्रवद्र्धनले कुनै पनि देशको पहिचानलाई जीवन्त राख्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा रहेका सम्पूर्ण जातजाति र तिनका संस्कृतिको संंरक्षणमा प्रदेश सरकारले भूमिका खेल्ने बताए । 

मेलामा हस्तकला प्रवद्र्धनसहित लाइभ डेमो (जीवन्त प्रदर्शनी)को कार्यक्रम पनि रहेको हस्तकला संघका अध्यक्ष नवीन शाक्यले जानकारी दिए । मेलामा सुकुल बुनाई, धातुका ताम्रपत्र बनाउने कलाको लाइभ डेमो गरिएको छ । मेलामा चित्रकार समुदायको सांस्कृतिक लोककला ‘पुँ’ कलाको विशेष प्रदर्शनी हुने पनि उनले जानकारी दिए । धातुको मूर्ति, हाते कागज उद्योग, स्थानीय सामग्रीबाट निर्मित हस्तकलाको उत्पादन मेलाका विशेष आकर्षण रहेको अध्यक्ष शाक्यको भनाइ छ ।