१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमईकाे ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना  सार्वजनिक गरेको छ।  

यस योजनाअन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले एक करोड रुपैयाँ नगद जित्नेछन्। साथै, प्रत्येक महिना एकजनाले एक लाख नगद रुपैयाँ पाउने कम्पनीले जनाएको छ। 

यसैगरी दसैँ, तिहार तथा छठपर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन्। कम्पनीका अनुसार आइएमई गरी आइएमई पे वालेट र बैंक  खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउनेछन्। 
यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ। 

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए।प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्नेछ।