१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकास कोषले पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द गर्‍यो 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको सवारीसाधन पार्किङस्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भए पनि सम्झौताअनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको पशुपति विकास कोषले जनाएको छ।

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङस्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त प्रालिले सवारी पार्किङ सञ्चालनबापत कोषलाई तिर्नुपर्ने पुरानो रु ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो।

सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए। उनले भने, ‘भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङस्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रक्रिया नहुन्जेलसम्म हाललाई निःशुल्क पार्किङ गरिएको छ।’

उक्त कम्पनीले पशुपति क्षेत्रभित्र रहेको सवारी पार्किङस्थल सञ्चालन गरेबापत विकास कोषलाई मासिक रु तीन लाख ४६ हजार तिर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ। उक्त कम्पनीले पुरानो बक्यौता रकम रु ६० लाखमा केही हप्ता पहिले रु २० लाख बुझाए पनि अझै रु ४० लाख तिर्न बाँकी रहेको खतिवडाले जानकारी दिए। कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भए पनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ।

पशुपति क्षेत्र विकास कोषले दुईपांग्रे सवारीसाधनका लागि रु १० र चारपांग्रे सवारीका लागि रु २५ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो। तर, कम्पनीले सोभन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ। कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ।