१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको नयाँ गीत सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

नेपाली सेनाको योगदान समेटिएको ‘राष्ट्रिय एकताको प्रतीक– वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक गरिएको छ।

जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा मंगलबार आयोजित एक विशेष समारोहबीच प्रधान सेनापति प्रभुराम शर्माले छायाँचित्रसहितको गीत विमोचन गरेका हुन्। नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ।

गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि निःस्वार्थ भावले अनवरत रूपमा देश र जनताको सेवा गर्दै आइरहेको बताए। उनले अझै पनि नेपाली सेनाको योगदान र बलिदानबारे नेपाली नागरिकहरूको बुझाइमा एकरूपता नभएको बताए।

‘नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरू तथा हाम्रा वीर पुर्खाहरूको योगदान र बलिदानको बारेमा नेपाली नागरिकहरूको बुझाइमा एकरूपता पाइँदैन। त्यसैले म एक सैनिक व्यक्ति हुनुको नाताले सदैव मलाई यो विषयले झक्झक्याइरह्यो,’ उनले भने, ‘सञ्चार क्षेत्रको द्रुततर विकास र बृहत् बहुआयामिक प्लेटफर्मको उपलब्धताले गर्दा मलाई नेपाली सेनाको बहुपक्षीय जिम्मेवारी र योगदानलाई शब्दमा लिपिबद्ध गरी गीतमार्फत अभिव्यक्ति गर्ने प्रेरणा मिल्यो।’
कार्यक्रममा गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे।

गीतमा राष्ट्रिय भावनाले ओतप्रोत नेपाली सेनाको सन्दर्भ रहेको बताउँदै उनले भने, ‘नेपाली सेना राष्ट्रिय सुरक्षामा, सीमाको रक्षामा, विपद् व्यवस्थापनमा, विकास निर्माणमा, शान्ति स्थापनामा, पर्यावरण संरक्षणमा, धार्मिक तथा संस्कृति संरक्षणमा साथै खेल संस्कृतिमार्फत देशको पहिचान दिलाउने योगदान र भूमिकाबारे गीतकार बाबुराम श्रेष्ठले गीति सिर्जनामा उत्कृष्ट ढंगले प्रस्तुत गर्नुभएको छ।’

गीतमा राजेन्द्र बजागाईंको संगीत छ भने दिनेश सुनामले संगीत संयोजन गरेका हुन्। नेपाली सेनाका सेनानी विशेष पौडेलले निर्देशन गरेको गीतको छायाँचित्रलाई प्रकाश हुमागाईं र किशोर डंगोलले सम्पादन गरेका हुन्।