१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान कार्यान्वयनमा देखिएका त्रुटि तत्काल सच्याउनुपर्छ : संविधानविद् आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३८:oo

संविधानविद् एवं पूर्वराजदूत नीलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन्।

आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यास र संविधानकै समीक्षा गर्नुपर्ने वेला आएको दाबी गरे। मंगलबार एमालेले च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले नेपालको संविधान अप्ठयारोमा छ। नेपालको संविधानको अभ्यासले बाटो बिराएको जस्तो छ। नेपालका राजनीतिक पार्टीहरू कतिपयले संविधानको मर्मलाई अंगाल्न नसकेको जस्तो छ। अहिले संविधान कार्यान्वयनको, संवैधानिक अभ्यासको समीक्षा गरेर कहाँ-कहाँ, के-के अप्ठयारो पर्‍यो सच्याउनुपर्ने वेला भएको छ। हेर्नुपर्ने वेला भएको छ। मलाई लाग्छ– ८ वर्षको संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा हुनुपर्नेछ,’ उनले भने।

सबैको भावनालाई समेटर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउन सक्ने क्षमता भएका सुवास नेम्वाङको निधनले ठूलो क्षति पुर्‍याएको संविधानविद् आचार्यको भनाइ थियो। उनले नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानुनी राज्य मान्ने जोकोहीले पनि नेम्वाङलाई सदा सम्झिरहने उल्लेख गरे।